बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

ओखलढुङ्गा,

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् ।

चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथी जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवा पक्राउ परेका हुन् ।

नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

पीडित बालिकाले घटनाका विषय आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो ।

पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ ।

यही असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइफकाई बालिकामाथि जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ ।

बालिकाकी आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : सोमबार, असार २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij