लुुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायीको संगठन विस्तार,विष्ण परियारको अध्यक्षतामा बुटवल नगर कमिटि गठन

लुुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायीको संगठन विस्तार,विष्ण परियारको अध्यक्षतामा बुटवल नगर कमिटि गठन

 

बुटवल

लुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायी संघ रुपन्देही कार्य समितिले संगठन विस्तारलाई तिव्रता दिएको छ । आज बुटवल उपमहानगरपालिकामा एक भेलाको आयोजना गर्दै संघले बुटवल नगर कमिटि गठन गरेको हो । विष्णु परियारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा प्रताप परियार,सचिब भरत परियार,कोषाध्यक्ष तारा केसी भट्टाराई र सदस्यहरुमा अमर दर्जि,निर्मला वि.क,मुन्ना आलम,वाजित अलि,जग्दिश सुनाम,मोहन परियार,राजेश सापकोटा,शिव परियार,सुवास परियार लगायत रहनुभएको छ । साथै सोही अवसरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने निशुल्क औषधी ब्यवसायीहरुलाई वितरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य तथा विनोद पहाडीले ब्यवसायीक हकहितका लागी संगाठनिक रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले जव सस्था दरिलो हुन्छ तब मात्र सिलाई ब्यवसायीले अपेक्षित आम्दानी र गुणस्तर सेवा दिन सक्ने जिकिर गर्नुभयो । रुपन्देही लगायत देशब्यापी रुपमा यसले शाखा विस्तार गरि सवै ब्यवसायलाई एकत्रित गरि सस्थागत हितमा काम गर्न अपिल पहाडिले गनुभयो । अहिले सम्म संघको आफनै भवन नभएको स्मरण गराउृदैँ वरिष्ठ दलित अभियान्ता समेत रहनुभएका पहाडीले भवनका लागी जग्गा दिलाउन पहल गर्ने समेत विश्वास राख्नुभयो ।

ब्यवसायीक संगै सस्थागत हितमा काम गर्दै आएको संघका सस्थापक अध्यक्ष निर्मल दर्नालले बताउनुभएको छ । उहाँले विभिन्न उतारचढाब आउदाँ पनि संगठनलाई विचलित हुन नदिई ब्यवसायी क्षेत्र संगै सामाजिक क्षेत्रमा काम गर्दै आएको तर्क दर्नालले गर्नुभयोे । ब्यवसायीहरुले ग्राहकहरुको माग र आवश्यकता अनुसारको सेवा दिनुपर्ने परियार सेवा समाजका केन्द्रीय सदस्य सरोज गौतमले बताउनुभएको छ ।गुणस्तरीय सिलाई र स्तरीय कपडाको कारोबारले दिर्घकालिन आम्दानी दिने तर्क गर्दैै संगठन सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघका सल्लाहाकार कमल बराहा,सदस्य राजु बराहा,नव अध्यक्ष लगायतले बोल्नुभएको थियो भने संघका अध्यक्ष प्रताप परियारले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै देशब्यापि रुपमा संगठन विस्तार तर्फ आफुहरु लागेको जानकारी दिनुभयो ।कार्यक्रममा संघका अध्यक्ष प्रताप परियारको अध्यक्षता,सविधान सभा सदस्य विनोद पहाडीको प्रमुख आतिथ्ययता तथा संघका सस्थापक अध्यक्ष निर्मल दर्नालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।बुटवलको ग्रान होटलमा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष सम्भु राईको स्वागत तथा पत्रकार सुरेश परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : सोमबार, असार २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij