अष्ट्रेलियामा फेरि लकडाउन, पेरू र चिलीको अवस्था झन्‌ खराब

अष्ट्रेलियामा फेरि लकडाउन, पेरू र चिलीको अवस्था झन्‌ खराब

कोरोना (कोभिड–१९) भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २० लाख ९ हजार ३०१ जना पुगेको छ। संक्रमितमध्ये ५ लाख ४८ हजार ८२२ जनाको ज्यान गएको छ। महामारीबाट सबैभन्दा खराब अवस्था भोगिरहेको अमेरिकामा संक्रमितसंख्या ३० लाख नाघेको छ। हालसम्म त्यहाँ ३० लाख ५३ हजार ३२८ जना संक्रमित भेटिएका छन् छन् भने १ लाख ३२ हजार २७७ जनाको ज्यान गएको छ। ब्राजिलमा १७ लाख १३ हजार १६० जना संक्रमित भेटिएका छन्। यी मध्ये ६७ हजार ९६४ जनाले ज्यान गुमाएका छन्। भारत जारी महामारीबाट अति प्रभावित मुलुकको सूचीको तेस्रो स्थानमा छ। त्यहाँ ७ लाख ४२ हजार ४१७ जना संक्रमित फेला परेका छन्। मानवीय हताहतीको संख्या २० हजार ६४२ पुगेको छ। भारतपछि रुसमा धेरै संक्रमित भेटिएका छन्। त्यहाँ ६ लाख ९९ हजार ७४९ संक्रमित भेटिएकामा १० हजार ६५० जनाले ज्यान गुमाएका छन्। दक्षिण अमेरिकी मुलुक पेरु र चिलीले कोरोनाबाट अति प्रभावित मुलुक बेलायतको रेकर्ड तोडेका छन्। पेरूमा ३ लाख १२ हजार ९११ जना संक्रमित भेटिएका छन्। त्यहाँ ११ हजार १३३ जना संक्रमितले ज्यान गुमाएका छन्। यस्तै, चिलीमा ३ लाख ३ हजार ८३ जना संक्रमित पहिचान गरिएकोमा ती मध्ये ६ हजार ५७३ जनाको मृत्यु भैसकेको छ। बेलायत सरकारले अगष्ट महिनापछि रेस्टूराँहरुमा खाना खाने मानिसलाई ५० प्रतिशत छुट दिने योजना बनाएको छ। मुलुकको सेवा क्षेत्रलाई महामारीको चपेटाबाट बाहिर ल्याउन छुट प्रस्ताव गरिएको हो। अस्ट्रेलियाले मेलबर्नमा फेरि लकडाउन घोषणा गरेको छ। संक्रमित संख्या बढेपछि त्यहाँ दोस्रोपटक लकडाउन लगाइएको हो। नयाँ आदेशअनुसार मेलबर्नका करिब ५० लाख मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। प्रहरीहरूले शहरको चारैतिर घेराबन्दी गरिदिएका छन्।

प्रकाशित मिति : बिहिबार, असार २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij