कांग्रेस रुपन्देहीद्धारा देवदहका मेयर खत्री बिरुद्ध मनगणन्ते आरोप नलगाउन बिप्लव नेतृत्वको नेकपा संग आग्रह

कांग्रेस रुपन्देहीद्धारा देवदहका मेयर खत्री बिरुद्ध मनगणन्ते आरोप नलगाउन बिप्लव नेतृत्वको नेकपा संग आग्रह

रुपन्देही – नेपाली कांग्रेस रुपन्देहीका क्षेत्रीय सभापति हिराबहादुर खत्री बिरुद्ध मनगणन्ते आरोप नलगाउन नेपाली कांग्रेस रुपन्देहीले बिप्लव नेतृत्वको नेकपा संग आग्रह गरेको छ । देवदह नगरपालिकाका प्रमुख समेत रहेका खत्री बिरुद्ध विप्लव माओवादीले टाँस गरेको धम्किपुर्ण सूचना तथा घटना प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको कांग्रेसले बताएको हो ।

जिल्ला सभापति अब्दुल रज्जाकले विज्ञप्ती निकालेर विप्लव माओवादी जिल्ला जनअदालत रुपन्देहीका प्रमुख कमलमणिले टाँस गरेको सूचनाले आम नागरिकलाई समेत त्रसित पारेको भन्दै क्षेत्रनम्बर १ का सभापति खत्रीमाथी लगाइएको आरोप निराधार रहेको र आरोपको खुल्ला रुपमा बसेर सिंगो पार्टीनै छलफल गर्न तयार रहेको बताउनु भएको छ । मनगणन्ते र निराधार आरोप लगाएर धम्काउने र तर्साउने कार्य नगर्न सभापति रज्जाकले आग्रह गर्नुभएको हो ।

असमझदारी र केही कमि कमजोरी भएमा वार्ता र सम्वादबाट समाधान हुने भएकाले धम्किपुर्ण ब्यवहार सच्चाउन विप्लव मओवादीलाई पार्टीले आग्रह गरेको छ । विप्लव माओवादीले गएको शुक्रबार खत्रीको घरमा घर खाली गर्ने सूचना सहितको पर्चा फ्याकेको थियो ।
आम नागरिक शान्ती र अमनचयनका साथमा बाच्न पाउने अधिकारलाई कसैले पनि खोस्न नसक्ने हेक्का राख्न विप्लप माओवादीलाई कांग्रेसले सुझाव दिएको छ ।

स्थानीय राजनैतिक दलको खत्रीलाई साथ

देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीको घर खाली गर्न भनि विप्लप माओवादीले दिएको धम्कि र सूचनाप्रति देवदहमा क्रियाशिल विभिन्न राजनीतिक दलहरुले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । घर छोड्न भनि टाँसिएको सुचना र धम्किपुर्ण कार्यप्रति देवदहका ६ राजनीतिक दलहरुले आपत्ती जनाएका हुन् ।

उनीहरुले संयुक्त रुपमा प्रेस वक्तब्य जारी गर्दै देवदह–३ टटेरामा रहेको हकबन्दी बढीको ९ विगाहा १० कठ्ठा जग्गाको सन्दर्भ जोडेर खत्रीलाई गरिएको खवरदारी सुचना अराजनीतिक भएको ठहर गरेका छन ।

देवदहमा क्रियाशिल नेकपाका नगर सचिव मनकुमार कनौजे, कांग्रेस नगर सभापति गुणखर भुर्तेल, राप्रपा अध्यक्ष माधव रिमाल, राष्ट्रिय जनमोर्चा अध्यक्ष हरी केसी, राष्ट्रिय जनमुक्तिका अध्यक्ष डम्बरबहादुर थापा र नेकपा माओवादी क्रान्तिकारीका ऋषिराम लामिछानेले संयुतm रुपमा वक्तब्य निकालेर उक्त क्षेत्रको बारेमा स्थलगत अनुगमन समेत नगरिकन गरिएको क्रियाकलाप गैरराजनीतिक भएको ठहर गरेको छ ।

प्रकाशित मिति : बिहिबार, असार २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij