सिन्धुपाल्चोक बाढीमा बेपत्ता २० जनाको पहिचान खुल्यो (अपडेट)

सिन्धुपाल्चोक बाढीमा बेपत्ता २० जनाको पहिचान खुल्यो (अपडेट)

file photo

सिन्धुपाल्चोक ।

बाह्रबिसे नगरपालिका ५ जम्बुमा याल्मो खोलामा आएको बाढीमा परेर घाइते भएका दुईको उद्धार भएको छ ।

कैलाश हेलिकप्टरबाट १९ वर्षीय सुवेश तामाङ र २० वर्षीय सबीता तामाङको उद्धार गरेर काठमाडौं पठाइएको छ । उक्त हेलिकप्टर लिएर नेकपा केन्द्रीय सदस्य माधव सापकोटालगायतको टोली सिन्धुपाल्चोक आएको थियो ।

अन्य तीनजना घाइतेको भने स्वास्थ्य अवस्था सामान्य रहेको छ । सबीताका श्रीमान र बच्चाको भने मृत्यु भइसकेको छ ।

यसैबीच बाढी र पहिरोमा परी बेपत्ताा भएका सबैको पहिचान खुलेको छ । बेपत्ता हुनेमा जम्बुका १४ जना र भोटेकोशी गाउँपालिकाका ४ जनाको पहिचान खुलेको हो ।

भोटेकोशी गाउँपालिकाका बेपत्ता हुनेमा निमादोर्जे लामा, उनकी बुहारी मन्जु, नातीहरु अन्दाजी वर्ष ६ का सापल र ९ का पासाङ रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बाह्रबिसे नगरपालिकाका बेपत्ता हुनेहरुमा भिमबहादुर वाईवा, चिनीमायाँ वाईवा, लिलामायाँ वाईवा, पासाङडोल्मा वाईवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमायाँ वाईवा, जनक बहादुर वाईवा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ रहेको डीएसपी काफ्लेले बताउनुभयो । उनीहरुको खोजी कार्य भइरहेको छ ।

प्रकाशित मिति : बिहिबार, असार २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij