काठमाडौं ।
म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा गएराति गएको पहिरोमा पुरिएर सातजना वेपत्ता भएका छन् ।
घण्टिवाङ भन्ने ठाउँबाट खसेको पहिरोमा परि दुई परिवारको सातजना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो । उहाका अनुसार १५ जना पहिरोमै फसेका छ्न । उनीहरुको उद्दार कार्य जारी छ । हेलिकप्टर जाने तयारी भएपनि खराब मौसमका कारण उड्न सकेको छैन ।
यस्तै रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज बगाएको ढकालले बताउनुभयो ।
प्रकाशित मिति : शुक्रबार, असार २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्