सबल च्याउ तथा कृषि उद्यमी समुहद्धारा नयाँ गाउँमा च्याउ प्रशोधन, प्याकेजिङ्ग उद्योग सञ्चालन

सबल च्याउ तथा कृषि उद्यमी समुहद्धारा नयाँ गाउँमा च्याउ प्रशोधन, प्याकेजिङ्ग उद्योग सञ्चालन

बुटवल ।
सबल च्याउ तथा कृषि उद्यमी समुहले बुटवल–१२ नयाँ गाउँमा च्याउ प्रशोधन, प्याकेजिङ्ग उद्योग सञ्चालनमा ल्याएको छ ।
प्रदेश ५सरकारको कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदानमा कृषिवस्तुको प्रशोधन उद्योग स्थापना गरेको हो बुटवल १२ नयाँ गाउँमा स्थापना भएको उद्योगमा कुल ५३ लाख ९ हजार ६ सय ५० रुपैयाँ लगानी भएको छ । जसमा कृषि विकास निर्देशनालयको कुल २४ लाख ९६ हजार ५ सय रुपैयाँ र उद्यमी समुहबाट २८ लाख १३ हजार १ सय ५० रुपैयाँ लगानी गरिएको समुहका अध्यक्ष कृष्णराज पोखरेलले जानकारी दिए ।उद्योगले मंगलबार सार्वजनिक सुनवाई कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष कृष्णराज पोखरेलको अध्यक्षता र उपाध्यक्ष रिषव पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष दुर्गाप्रसाद सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णराज पोखरेलले उद्योग स्थापना गर्दा लागेको खर्च र उद्योगले गर्ने कार्यको बारेमा जानकारी गराएका थिए ।
प्रशोधन उद्योगमा च्याउ सुकाउने, च्याउको अचार बनाउने, च्याउको सुकुटी, सिन्की, विष्कुट, रोल, चाउमीन, च्याउको सुठो बनाउने, च्याउको तेल निकाल्ने सम्मको काम हुने उनले बताए । यसको अलवा उक्त उद्योगमा अन्य तरकारी जन्य बस्तुको प्रशोधन, प्याकेजिङ्ग, बेसारको धुलो, अदुवाको सुठो, मसला, हरियो तरकारी, चना, अचार, सस आदी समेत बनाउन सकिने छ ।

सुनवाई कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीले सफलताको शुभकामना दिएका थिए । उनले नगरपालिकाले गर्ने हरेक कृषि सम्बँन्धी सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । कार्यक्रममा वडा नम्बर १३ का वडा सदस्य विष्णु शर्मा, बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : शनिबार, असार २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij