मोरङ; बाढी बस्तीमा पस्यो , खेत बगायो

मोरङ; बाढी बस्तीमा पस्यो , खेत बगायो

बिराटनगर–१२, सिम्राही टोलको मुसहर बस्तीका करिब १० घरका परिवारलाई उद्धार गरी बखरी प्रा।वि।मा सारिएको मेयर पराजुलीले बताउनुभयो ।

मोरङ – मोरङका धेरै ठाउँमा बाढीका कारण क्षति भएको छ । कतै खोला खेतमा पसेको छ भने कतिपय ठाउँमा बस्तीमा पानी पस्दा त्यहाँका बासिन्दा बिस्थापित भएका छन् ।

गएरातिदेखिको वर्षाका कारण चिसाङ खोलामा आएको बाढीले मोरङको कानेपोखरी गाउँपालिका –५, दुःखीटोल कटान गरेको छ ।

कटानको जोखिममा परेका ७ घर परिवारका ३२ जनालाई भंसावारी प्रा।वि। सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।File:NepalMorangDistrictmap.png - Wikimedia Commons

त्यस्तै उर्लाबारी नगरपालिका–३, मंगलबारेमा बक्राहा खोलामा आएको बाढी धान खेतमा पसेको छ । खोला धान खेतमा पसेपछि सयौँ बिगाहा धान खेत बगाएको छ ।यस्तै मोरङकै मिक्लाजुङ गाउँपालिका–२, कुवापानी बस्ने रनकुमार राईको घर पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

यता बिराटनगर महानगरपालिमा केशलिया खोला गाउँ पसेको छ । गएको वर्ष बाँध फुटेर गाउँ पसेको केशलिया खोला यो वर्ष पनि गाउँ पसेको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताउनुभयो । मेयर पराजुलीका अनुसार बिराटनगर महानगरपालिका –६ बाट खोला गाउँ पस्दा महानगरका वडा, ६ र १२ का करिब ४५ घर डुबानमा परेका छन् ।

यस्तै बिराटनगर–१२, सिम्राही टोलको मुसहर बस्तीका करिब १० घरका परिवारलाई उद्धार गरी बखरी प्रा।वि।मा सारिएको मेयर पराजुलीले बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, असार २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij