वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन

वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन

उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

काठमाडौं ; वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ। नेकपा मकवानपुरका अभिभावकसमेत रहेकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षको उमेरमा गएराति हेटौँडा अस्पतालमा निधन भएको हो। तत्कालीन नेकपा ९एमाले०की सल्लाहकारसमेत रहेकी स्व थापा विसं २०३५ देखि ०४६ सम्म तत्कालीन नेकपा ९माले०को सेल्टरदाताको रूपमा चर्चित थिइन्। लामो समयदेखि मुटुसम्बन्धी समस्याले ग्रस्त थापाको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जानकारी दिइन्। मकवानपुरको कम्युनिष्ट आन्दोलनकी वरिष्ठ नेत्री थापा हेटौँडा उपमहानगरपालिका–१७ राजदेवी निवासी हुन्।

उनले अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी, नेता जीवराज आश्रित, विद्यादेवी भण्डारी, मालेका महासचिव सिपी मैनाली, नेकपाका नेता प्रदीप नेपाललगायतका नेतालाई आश्रय दिने गरहेको नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने बताउँछन्। अहिले थापालाई श्रद्धाञ्जलि दिन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानालगायत नेकपाका नेताहरूको उनको निवासमा पुगेका छन्। उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, असार ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij