नवलपरासी
पूर्व–पश्चिम राजमार्ग अर्न्तगत नवलपरासीको दाउन्नेमा पहिरोका कारण अवरुद्ध सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
सामेबार रातिको वर्षाको कारण दाउन्नेको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध बनेको थियो । बिहान ११ बजेको समयमा एकतर्फी रुपमा राजमार्ग सञ्चालनमा आएको थियो । पहिरो पन्छाएर अहिले साँझ ५ बजेबाट दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।
नवलपरासी पूर्व विनयी त्रिवेणी २ मा खसेको पहिरोका कारण झण्डै ६ घण्टा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोसँगै झरेको रुखले बा १४ च ७०२० को कार र ना ६ ख १५५९ नम्बरको ट्रकसमेत च्यापिएको थियो । यसबाट कुनै मानवीय क्षति भने भएको थिएन ।राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएसँगै रोकिएका गाडी आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
प्रकाशित मिति : मंगलबार, असार ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्