कृष्णनगर नगरपालिका द्धारा नगरका सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण

कृष्णनगर नगरपालिका द्धारा नगरका सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण

 

अजय मिश्र,
्कृष्णनगर,
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरका १७ वटा सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण गरेको छ।
नगरपालिकाको आर्थिक बर्ष ०७६÷०७७ को साना सिचाई अन्तर्गत को बजेट बाट २०७६ पुष १२ गते सूचना जारी भई उपभोक्ता समूह मार्फत खरिद गरिएको छ।
८५ प्रतिशत नगरपालिका को अनुदान र १५ प्रतिशत कृषक समूह र सहकारीको लगानीमा पम्पसेट १ ओटा, ३८ किलो डिलीवरी पाइप, २५ फुट सेक्सन पाइप वितरण गरिएको जानकारी कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरी ले जानकारी दिए ।
एउटा पम्पसेट बाट करिब २।५ हेक्टर क्षेत्रफल सिंचित हुने कुरा कृष्णनगर नगरपालिका कृषि शाखा अधिकृत सुदिप प्रताप मौर्य ले जानकारी दिए ।

पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसानहरुको सजिलोका लागि , पम्पसेट वितरण गरिएको र आगामी दिनमा पनि अन्य युवालाई कृषि पेशा अगाल्न उत्प्रेरणा दिनु पर्ने नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह ले बताउनु भयो ।
विभिन्न समयमा धानको बिऊ, तरकारी को बिऊ, स्प्रे ट्यङकी, फलफूल विरूवा र किटनाषक विषादी वितरण गरिएको नगरपालिका को कृषि शाखा ले जनाएको छ । उक्त वितरण कार्यक्रम मा नगर उप प्रमुख शब्नम खातुन, प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डॉगी लगायत वडा अध्यक्ष हरुको उपस्थित रहेको थियो।

प्रकाशित मिति : मंगलबार, असार ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij