शनिबार राति वर्षासँगै आएको पहिरोमा बेपत्ता संखुवासभाका ११ जना स्थानीय अझै भेटिएका छैनन् ।

नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरेपनि फेला नपरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ बेसिन्दामा नौं घर पहिराले बगाउँदा ११ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजीका लागि ६३ जना सुरक्षाकर्मी परिचालित छन् ।
वर्षाका कारण गाउँमाथिबाट पहिरो गएपछि माने कुलुङ, सन्दिप कुलुङ, जुद्धबहादुर कुलुङ, गौरी राई, नगमाया, भिमबहादुर कुलुङ, शिवधन कुलुङ, हर्कधन राई र राममान कुलुङको घर पहिरोले बगाएको थियो ।
घरसँगै राममान, हस्तीकुमारी, नम्रता, एञ्जिला, बिनिला, गोरीमाया, उत्तरकुमारी, जुद्धबहादुर, धनशङ्कर, आइतजिन र नजमाया कुलुङ बेपत्ता भएका छन् ।
बेसिन्दा गाउँलाई नै पहिरोले बगाएपछि विस्थापित भएका ८६ परिवारलाई सिसुवाटारमा सारिएको छ ।
घटनालगत्तै गाउँमाथिको चित्रे गाउँमा पुर्याइए पनि उक्त स्थान पनि असुरक्षित रहेको स्थानीयले गुनासो गरेपछि मङ्गलबार सिसुवाटारमा सारिएको हो ।
पहिरो प्रभावितलाइ प्रदेश सरकारले चामल दुइ हजार २५० किलो, दाल चार सय किलो, खाने तेल,नुन, बिस्कुट ५३, म्याटेस र त्रिपाल उपलब्ध गराएको छ ।
प्रकाशित मिति : बुधबार, असार ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्