काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले कोरोना महामारीको संकटका बीच पनि बजेट कार्यान्वयन सन्तोषजनक रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा उनले आर्थिक वर्ष २०७६र७७ को समग्र आर्थिक परिसूचक सन्तोषजनक रहेको उल्लेख गरे । ‘समग्रमा ७१ प्रतिशत बजेट खर्च भएको छ’, उनले भने, ‘जुन अवस्थामा हामीले बजेट कार्यान्वयन गर्न सक्यौं, यो राम्रो हो ।’
अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षमा आफूले संशोधन गरेको बजेटका लक्ष्य भने पूरा गर्न सफल भएको दावी गरे । यद्यपि यो वर्ष पुँजीगत खर्चको लक्ष्य भने सरकारले पूरा गर्न सकेन ।
अर्थमन्त्री डा। खतिवडाका अनुसार अघिल्लो आर्थिक वर्षमा कुल ८ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो कुल विनियोजनको ७५ प्रतिशत मात्र हो । यस अवधिमा सरकारले १० खर्ब ९४ अर्ब रुपैयाँ बजेट खर्च भएको छ ।
१५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले गत आवमा मात्र ७१ प्रतिशत बजेट खर्च गर्न सकेको छ ।
गत आर्थिक वर्षमा चालू खर्चमा बढी रकम खर्च भएको भन्दै अर्थमन्त्री खतिवडाले यसबाट आर्थिक वृद्धिमा असर गरेको भने स्वीकार गरे । केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको २।३ प्रतिशत हाराहारी नै आर्थिक वृद्धिदर कायम हुने उनको अनुमान रहेको छ ।
लकडाउनपछि कोभिड(१९ रोकथाम, प्रशासनिक र सुरक्षामा खर्च बढेको उनले बताए । असारपछि भने राजस्वले गति लिएको र खर्चसमेत बढेको उनले जानकारी दिए । यो वर्ष । यो वर्ष व्यापार घाटा न्यूनीकरणमा भने सुधार भएको अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।
प्रकाशित मिति : बिहिबार, साउन १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्