बुटवल
लायन्स क्लब अफ बुटवल स्टार्स र लियो क्लब अफ बुटवल स्टार्स को सयुक्त आयोजनामा वृक्षरोपण गरिएको छ । तिलोत्तमामा रहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्दं्र(बनवाटीका)मा वृक्षरोपण गरिएको हो । लायन्स क्लव अफ बुटवल स्र्टासेले निर्माण गरेको स्र्टास पार्कमा वृक्षरोपण गरिएको हो ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ वि २ क नेपालका डिष्ट्रिक गर्भनर एमजेएफ शम्भु नकर्मी वातावारण बचाउने अभियान स्र्टासले गरेको अभियानको उच्च प्रंशसा गरेका थिए ।
कार्यक्रममा प्रथम भिडीजी एमजेएफ राम प्रसाद भट्ट, डिष्ट्रिक सचिव शिव विडारी पूर्व गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठ, एरिया ४ का एरिया चिफ एमजेएफ सन्दिप कसौधन, रिजन चियर पर्सन एमजेएफ आशिष कृष्ण श्रेष्ठ, जोन चेयर पर्सन एमजेएफ एम एल पाण्डे, संकरनगर वन विहार तथा अनुसन्धन केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डे लयातले वृक्षरोपणको महत्वको विषयमा आ–आफ्नो धारणा राखेका थिए । लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष एमजेएफ शुसिल पाण्डेका अनुसार स्र्टास पार्कमा फुल तथा फलफुलका १ सय ४० बढि विरुवा रोपण गरिएको हो । कार्यक्रम क्लवका तृतिय उपाध्यक्ष रिंकु श्रेष्ठको संयोजकत्व भएको थियो ।
प्रकाशित मिति : बिहिबार, साउन १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्