कांग्रेस कास्कीका नेता गुरुङको असमाहिक निधन प्रती सभापति शाहद्धारा श्रद्धान्जली व्यक्त

कांग्रेस कास्कीका नेता गुरुङको असमाहिक निधन प्रती सभापति शाहद्धारा श्रद्धान्जली व्यक्त

बुटवल
नेपाली कांग्रेस कास्कीका नेता एवम् पूर्व सांसद मेजर दीपकबहादुर गुरुङको असमाहिक निधन प्रती सार्वजनिक लेखा समिती सभापति तथा कांग्रेस नेता भरत कुमार शाहले श्रद्धान्जलीव्यक्त गर्नुभएको छ ।काठमाडौंमा उपचारका क्रममा गुरुङको ८६ वर्षको उमेरमा निधन भएको हो ।मृगौला र मधुमेहको समस्याबाट पीडित पूर्वसांसद गुरुङको शुक्रबार निधन भएको हो ।
विद्यार्थीकालदेखि नै गुरुङले नेपाली कांग्रेसमा संलग्न रहेर कार्यहरू गर्दै आएका थिए ।केही समय उनले जिल्लाकै एक विद्यालयमा अध्ययापन पेशामा पनि संलग्न रहेका थिए ।
गुरुङ ब्रिटिस गोर्खा सैनिक सेवामा मेजर पदसम्म पुगेर सेवा निवृत्त भएपछि स्वदेश फर्किएर पुनः कांग्रेसको राजनीति शुरु गरेका थिए ।गुरुङले भूतपूर्व सैनिक संघको केन्द्रीय नेतृत्व समेत लिन सफल भएका थिए ।तत्कालीन संसदीय व्यवस्थामा राष्ट्रिय सभा सदस्य समेत बनेका गुरुङ पहिलो संविधान सभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ को उपनिर्वाचनमा झिनो मतले पराजित भएका थिए ।कांग्रेस नेता स्व।गुरुङका श्रीमती, चार छोरी र दुई छोरा रहेका छन् ।

प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij