बुटवल
बुटवल बेलहिया व्यापारिक सडक मार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगर क्षेत्र भित्र पर्ने सिक्सलेन सडक खण्डलाई उज्यालो अनि हरियाली बनाई नगरपालिकालाई सुन्दर बनाउन योगदन पुर्याएकोमा बुटवल बेलहिया व्यापारिक सडक मार्ग आयोजनालाई नेपाल तरुण दल तिलोत्तमा नगर समितीले आज धन्यवाद सहित ज्ञापनपत्र बुझाएको छ ।तरुण दल तिलोत्तमाका सभापति खिम क्षेत्रीको नेतृत्वमा गएको टोलीले आयोजना प्रमुख ई। मेघराज मरासिनीलाई भेटेर धन्यबाद सहितको ज्ञापन पत्र बुझाएको हो । तरुण दलले यस अघि २०७५ असोज १९ गते विभिन्न मागहरू राखि ज्ञापनपत्र बुझाएको अनुसार बुटवल बेलहिया व्यापारिक मार्गमा पर्ने सडकको दुवै लेनमा ग्रिनरी जोन, विधुतिय सडक बत्ती, आकाशे पुल लगायतका कामहरु सम्पन्न भएकोमा
धन्यबाद दिएको हो । यसैगरी निर्माणाधिन सडकमा दुर्घटना अत्याधिक बढेकाले ट्राफिक चिन्ह, सडक बत्ती र पैदलयात्रुको चाप बढि हुने स्थानमा जेव्रा क्रसिङ बनाउन पनि तरुण दलले आग्रह गरेको छ ।
तरुण दलले बुद्ध परिपथको मणिग्राम मोतीपुर सडक खण्डको तिनाउ नदी पुल लामो समय देखी प्राविधिक कारण सम्पन्न नभएकोमा यथासिध्र काम सम्पन्न गर्नका लागि ध्यानाकर्षण पनि गराएको छ ।
ज्ञापन पत्र बुझ्दै योजना प्रमुख मरासिनीले १०(१५ दिन भित्रमा जोगीकुटी देखी ड्राईभरटोल सम्मको सडकमा जोडीएका सोलर बत्तीहरुलाई विस्थापित गरि विधुतिय सडक बत्ती जडान गरिने र कोटीहवा देखी बेलहिया सम्मको सडक खण्डको बत्तीको कार्य पनि छिट्टै सम्पन्न हुने जानकारी दिनु भयो

प्रकाशित मिति : आइतबार, साउन ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्