वुटवल– कपिलबस्तुमा रहेको गुरूकुल कैलास मनकामना नन्दनगर आश्रममा बृक्षारोपण गरिएको छ । १५० बिरूवाहरू रोपिएमो हो । धुपि,सल्ला र पिपलका बिरुवाहरू रोपिएको हो ।
प्राईम लाइफ इन्स्योरेन्स बुटवल शाखा प्रमुख एव ह्यूमन केयर सोसाइटी रुपन्देहीका संस्थापक अध्यक्ष, लायन्स क्लब अफ बुटवल क्यापिटलका संस्थापक अध्यक्ष रीता केसीको संयोजकमा सो कार्यक्रम भएको हो । कार्यक्रममा प्राइम लाइफ इन्स्योरेन्सका नवनियुक्त केहि एजेन्सी म्यानेजर, हुमन केयर सोसाइटिका केही सदस्य, लायन्स क्लव अफ बुटवल क्यापिटलका सदस्य र सिस्टर सोसाइटीका संस्थाका सदस्यको उपस्थीती रहेको थियो ।
कार्यक्रममा ३० जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा मुक्तिनाथ धाम बुटवलका प्रमुख संरक्षक लोकानन्द स्वामीले धर्मको रक्षा गर्न र प्रकृतिको संरक्षणमा जुट्न आग्रह गर्नुभयो ।
सो अबसरमा वडा अध्यक्ष विष्णुु भुषाल लगायतले बोल्नुभएको थियो । सो आश्रममा ३२ दिनको भण्डाराका लागि ३ लाख २० हजार सहयोग गरिएको भण्डारा लगाउने सहयोग गरिएको पहलकर्ता तथा संयोजक केसि जानकारी दिनुभएको छ ।
।
प्रकाशित मिति : आइतबार, साउन ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्