काठमाडौ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको दुईदिने भेला ३८ बुँदे घोषणापत्र जारी गर्दै बिहीबार सकिएको छ। नुवाकोटको ककनीमा बसेको जिल्ला सभापतिहरूको भेलाले पार्टीको विधान मस्यौदा समिति र समसामयिक राजनीतिक घटनालाई समेटेर ३८ बुँदे घोषणापत्र जारी गरेको हो।
घोषणापत्रका ३८ बुँदामध्ये २४ बुँदामा पार्टीको विधान मस्यौदामा सुझाव दिइएको छ। उनीहरूको सुझावअनुसार जिल्ला संसदीय बोर्डले स्थानीय तह, प्रदेश तह र संघीय तहको उम्मेदवारको सिफारिस केन्द्रीय संसदीय बोर्डले गर्नुपर्ने सुझाव दिइएको छ।
सुझावमा पदाधिकारीको संख्या बढाउनुपर्ने, मनोनीत गर्नुपर्ने अधिकार केन्द्रीय सभापतिदेखि टोलसभापति सम्मलाई समान रूपले दिने व्यवस्था गर्नुपर्ने, माथिल्लो सदस्यले मनोनीत गर्नेमध्ये २ कार्यकाल पूरा गरेका तल्लो निकायका सभापतिहरूमध्येबाट २५ प्रतिशत रहनुपर्ने, समानुपातिकबाट एकपटक मात्र अवसर दिइनुपर्ने लगायतका सुझावहरू उल्लेख गरिएको छ।
यसअघि पार्टीले विधान मस्यौदामा कांग्रेसको सदस्य र क्रियाशील सदस्य राख्न प्रस्ताव गरेको थियो। तर, जिल्ला सभापतिहरूले सम्मानित सदस्य पनि थप्न आग्रह गरेका छन्। स्थानीय तहको अधिवेशन वडा तहबाट आएको प्रतिनिधिबाट गर्नुपर्ने माग उनीहरूको छ।
।
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्