जेसीआई सिद्धार्थ, नेपालले विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह–२०२० मनाउने

जेसीआई सिद्धार्थ, नेपालले विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह–२०२० मनाउने

भैरहवा ।

जेसीआई सिद्धार्थ, नेपालले विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह–२०२० मनाउने भएको छ । ई.सं. १९७५ मा स्थापित जेसीआई सिद्धार्थ नेपाल (सिद्धार्थ जेसीज)ले कार्यक्रम गर्दै सप्ताह मनाउन लागेको वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीले बताए । प्रत्येक वर्ष मनाउँदै आएको जेसीज सप्ताहलाई यस वर्ष पनि निरन्तरता दिएको भण्डारीले बताए ।
सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै जेसीआई सिद्धार्थ नेपालले जेसीज सप्ताहमा गरिने कार्यक्रमहरुको बारेमा जानकारी दिएको छ । जेसीआई सिद्धार्थ नेपालका निर्वतमान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सिनेटर राकेश गुरुङले साउन १२ गते समुद्घाटन तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम, १३ गते पत्रकार र जेसीआई सिद्धार्थबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता, १४ गते खुल्ला रक्तदान कार्यक्रम, १५ गते ओमसतिया गाउँपालिका–४ बालापुर स्थित श्री सत्य साई वृद्धा आश्रममा स्वास्थ्य शिविर, १६ गते मिनी म्याराथुन दौड प्रतियोगिता, १७ गते उद्घोषण कला तालिम र २४ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम गरिने जानकारी दिए ।समुद्घाटन तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमको संयोजक गोपाल ज्ञवाली, फुटसल प्रतियोगिताको राजु शर्मा, खुल्ला रक्तदानको माधव शर्मा, स्वास्थ्य शिविरको कुशल कुमार उपाध्याय, मिनी म्याराथुनको लोकमणि भट्टराई, मनोज भण्डारी र समापन तथा पुरस्कार वितरण कार्यक्रमको ओजश शर्मा रहेको जेसीआई सिद्धार्थ, नेपालका महासचिव दिपक काफ्ले बताए ।
पत्रकार सम्मेलनमा संविधानसभा सदस्य तथा जेसीआई सिद्धार्थका पूर्व अध्यक्ष आदित्य नारायण कसौधन, पूर्व अध्यक्ष ओम कुमार श्रेष्ठ, शुशिल गुरुङ लगायतले बोल्दै जेसीज व्यक्तिको शासनमा नभई विधिको शासनमा चल्ने संस्था भएको बताए ।जेसीज सप्ताह निर्देशक रिषीराम पाण्डेको स्वागत तथा जेसीआई सिद्धार्थ, नेपालका पूर्व अध्यक्ष देवराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : सोमबार, साउन ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij