बुटवल -लगातार परेको बर्षाले सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल- तानसेन सडक पुन अवरुद्द भएको छ । त्यससंगै लगातारको वर्षाले सिद्धवावा मन्दीर पनि पहिरोको जोखिममा परेको छ । रातभरको अविरल बर्षासंगै पहिरो गएपछि सिद्धवावा मन्दीर वरीपरीको भाग पहिरलोले पुरीएको छ ।
सडकखण्ड अन्तरगत सिद्धबाबा क्षेत्रका विभिन्न ठाउँमा तथा तानसेन नगरपालिकाको गौडे पुल नजिकै झरेको पहिरोले बाटो अवरुद्ध बनेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । पहिरो हटाउन आज दिनभर लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।
असार २९ गतेदेखी बुटवल पाल्पा सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सडक सूचारु भएको केही समयमा अवरुद्ध हुँदै आएको छ । शुक्रबार राती तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै पहिरो खस्दा लु १ क ११७५ नम्बरको ट्रक पुरिएको थियो । पहिरोले ट्रक पुुुरिए पनि कुनै मानविय क्षति भने भएको थिएन ।
प्रकाशित मिति : मंगलबार, साउन ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्