प्रदेश ५: सवारी दुर्घटना बढी, मृत्युदर कम

प्रदेश ५: सवारी दुर्घटना बढी, मृत्युदर कम

 

बुटवल -प्रदेश ५ मा हरेक बर्ष दुर्घटना बढदो छ । अघिल्ला बर्षहरुको तुलनामा गत आर्थिक वर्षमा पनि प्रदेशमा सवारी दुर्घटनाका घटना बढेका छन । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार आर्थिक बर्ष०७६।०७७मा यो प्रदेशमा १ हजार १२२ वटा सवारी दुर्घटना भएका छन । अघिल्लो आर्थिक बर्ष ०७५।०७६मा १ हजार २९ सवारी दुर्घटना भएको थिएको थियो
प्रदेशका ८ जिल्लामा गत बर्ष सवारी दुर्घटनामा बढेको तथ्यांक छ । भने रुपन्देही,दाङ  नवलपरासी र कपिलबस्तुमा अघिल्लो बर्षको तुलनामा सवारी दुर्घटना केही कम भएको छ । पछिल्लो तीन महिना लकडाउनका कारण सवारी आवागमन अबरुद्ध भएकाले पनि सवारी दुर्घटनामा केही कमी आएको हो ।
रुपन्देहीमा यसपाली ८२ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । अघिल्लो अािर्थक बर्ष जिल्लामा २ सय ५९ सवारी दुर्घटना भए थिए । नवलपरासी पनि यस बर्ष सवारी दुर्घटना कमी आएको आएको छ । गत ०७५।०७६मा नवलपरासीमा १०६ सवारी दुर्घटना भएको थियो भने यो बर्षको ७४ वटा सवारी दुर्घटना भएका छन । ०७५।०७६मा कपिलबस्तुमा १५७ सवारी दुर्घटना भएकोमा यो बर्ष १०५ वटा दुर्घटना भएका छन । गत ०७५।०७६मा दागमा १९१ सवारी दुर्घटना भएको थियो भने यो बर्षको जम्मा घटेर ११० सवारी दुर्घटना भएको हो त्यस्तै प्रदेश ५को ८ जिल्लामा सवारी दुर्घटना घटना बढेको मा पाल्पा मा गत बर्षको तुलना यसबर्ष सवारी दुर्घटना दोब्बर बढेको जनाइएको छ ।दागमा यो बर्ष ५४ वटा सवार दुर्घटना भएका छन भने अघिल्लो आर्थिक बर्ष दाङ १०९ वटा सवारी दुर्घटना भएका थिए । अन्य ८ जिल्लामा भने दुर्घटना बढेको छ । गुल्मीमा गत बर्ष १ सय ८ वटा दुर्घटना भएको छ । अघिल्लो बर्ष २८ वटा सवारी दुर्घटना भएको थियो ।
अर्घाखाचीमा ८९,बाँकेमा १ सय १९, प्युठानमा ६१,रोल्पामा १ सय २६ वटा दुर्घटना भएका छन । रुकुममा १ सय वटा सवारी दुर्घटनामा परेका छन । ती दुर्घटनामा परेर ४ सय २३ जनाले ज्यान गुमाएका छन । १ हजार ५४ जना गम्भिर घाइते भएका छन । सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना छन । दोश्रोमा बस, ट्रक , टिपर, जिप ट्याक्टर र अटो रिक्सा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताउनु भयो । सवारी दुर्घटना हुनुको मुख्य कारण चालकको लापरबाही, गुणस्तरहिन सडकका साथै यान्त्रिक गडबढी मुख्य कारण देखिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक डम्मर ब बिश्वकर्माले बताउनु भयो । ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्रै दुर्घटना न्युनीकरण सम्भवन नदेखिएको भन्दै एसपि विश्वकर्माले सामुहिक पहल र प्रयास आवश्यक रहेको बताउनुभयो ।
प्रहरीका अनुसार सबैभन्दा धेरै दुर्घटना पूर्व–पश्चिम राजमार्गमा हुने गरेको छ । नवलपरासीको दाउन्ने एस मोड, कपिलवस्तुको धानखोला, पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्र, सालझन्डीको फायरलाइन साइट, पत्थरकोटदेखि भेडामारे, अर्घाखाँचीको घुम्ती–नरपानी, देवदहको भलुही क्षेत्र, बुटवलको तिनाउ पुल, बुटवल धागो कारखाना क्षेत्र, पुष्पलाल पार्क, बाँकेको ढकेरी, शमशेरगन्ज–कचनापुर क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij