काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले १ भदौदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड(१९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताउनुभयो ।
विमानस्थलमा डिपार्चर र अराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सीमित उडानबाट विमानस्थललाई सुचारु गरिने उनको भनाइ छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई १ भदौदेखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ ।
तर, विमानस्थलले १ भदौपछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन । तर पनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताउनुभयो।
अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समयभन्दा कम्तीमा ४ घण्टाअघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उहाले बताउनुभयो। सामान्य अवस्थामा आफ्नो उडान समयभन्दा ३ घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो । विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने बताउनुभयो।
प्रकाशित मिति : बुधबार, साउन ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्