नियमित कक्षामा उपस्थित हुने विद्यार्थीहरुलाई सियारी गाउँपालिकाले पुरस्कृत गर्यो

नियमित कक्षामा उपस्थित हुने विद्यार्थीहरुलाई सियारी गाउँपालिकाले पुरस्कृत गर्यो

 

रुपन्देही ।

रुपन्देहीको सियारी गाउँपालिकाले नियमित कक्षा कोठामा उपस्थित हुने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका समुदायिक विद्यालयका विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।

कक्षा ३, ५ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको अयोजना गरि पुरस्कार वितरण गरिएको हो । सवै भन्दा बढि विद्यालयको कक्षा कोठामा हाजिर हुने विद्यार्थीलाई प्रथम, द्वितिय र तृतिय गरि पुरस्कार वितरण गरिएको छ । जसमा कक्षा ३ मा सबै भन्दा बढि हाजिर हुने प्रथमलाई छ हजार, द्वितियलाई रु. पाँच हजार, तृतियालाई तीन हजार पाँच सय रुपैयाँ नगद प्रदान गरिएको छ । त्यस्तै कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुलाई क्रमशः सात हजार, पाँच हजार पाँच सय, चार हजार र कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई क्रमशः आठ हजार, छ हजार, र पाँच हजार रुपैयाँ रकम पुरस्कार स्वारुप प्रदान गरिएको शिक्षा शाखा प्रमुख सुधीर पौडेलले बताउनु भयो ।

यस खालको पुरस्कार तथा प्रोत्सहनले विद्यार्थीहरुलाई नियमित कक्षा कोठामा उपस्थित गराउन मद्दत पुग्ने तथा शैक्षिक गुणस्तर सुधारमा मद्दत मिल्ने भएकोले विद्यार्थीहरुलाई प्रोत्सहन स्वारुप नगद पुरस्कार वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।

यस्तै गाउँपालिका भित्र रहेका धार्मिक बालविकास केन्द्र, सामुदायिक बालविकास केन्द्र र विद्यालयमा रहेका बालविकास केन्द्रहरुलाई खेल्दै पढ्ने समाग्री शैक्षिक, खेलकुद तथा खेलौनाका समान वितरण गरिएको छ । बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउन सो समाग्री बुधबार वितरण गरिएको हो ।

गत आर्थिक वर्ष ०७६÷७७ मा मुख्यमन्त्री ग्रमीण विकास कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट प्राप्त भएको रु. ५ लाख रकम बराबरको समाग्री वितरण गरिएको सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । यस अघि लकडाउनका कारण सो समाग्री वितरण गर्न बांकी रहेको थियो र लकडाउन ख्ुले संगै सो समाग्री वितरण गरिएको उहाँले बताउनु भयो । गाउँपालिकामा रहेका विद्यालयको शैक्षिक गुणस्तरका लागि गाउँपालिकाले विभिन्न समयमा आर्थिक, भौतिक तथा अन्य सहयोग विभिन्न समयमा गरिरहेको उहाँको भनाई छ ।

बालबालिकाहरुको स्वास्थ्यका लागि जनप्रतिनिधि आईसके पछि कुपोषणको दर घटाउन गर्भवती महिलाहरुको परिक्षण तथा अवाश्यक पौष्टिक आहार र औषधी निःशुल्क रुपमा वितरण गरिएको समेत उहाँले कार्यक्रममा बताउनु भयो ।

उचित वातावरण संगै विद्यार्थी, अभिभावक, शिक्षक, व्यवास्थापन समिती र गाउँपालिका सबै मिलेर शिक्षाको गुणस्तर सुधारका लागि एक हुनुपर्ने सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङको भनाई छ । शैद्धान्तिक तथा व्यवहारीक शिक्षालाई प्राथमिकतामा राखि गाउँपालिकाले विभिन्न कार्य गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मिन प्रसाद भट्टाराई, लेखा अधिकृत नारायण पौडेल, शिक्षक, विद्यार्थी, अभिभावक लगाएतको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बिहिबार, साउन ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij