बुटवल ।
संघिय संसदको सार्वजनिक लेखा समितिका सभापती भरत कुमार शाहले भ्रष्टाचार गर्नेहरुलाई प्रमाणसहित कारवाहीका लागि सिफारिस गर्दा पनि कार्यान्वयन नभएको बताउनु भएकमो छ । उहांले सार्वजनिक लेखा समितिले कारवाहीका लागि सिफारिस गरेकाहरुलाई सरकारले नै बचाउने काम गरेको आरोप पनि लगाउनु भएको छ । वाईटवढि देखि अहिलेको ओम्नी गु्रपसम्मलाई लेखा समितिले अध्ययन गरेर सरकारलाई कारवाहीका लागि प्रक्रिया थाल्न भनेको शाहले बताए ।
विपि कोईरालाको स्मृति दिवसका अवसरमा विपि विचार समाजले रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेसका नेता शाहले सरकारले अपराधिहरु बचाउने काम गर्न नहुनेमा जोड दिनुभयो ।
उहांले राज्यसंयन्त्रको दुरुपयोग गरेर गरिएको अनियमितताको एक एक हिसाव जनताका अगाडि सार्वजनिक गर्ने पनि बताउनु भयो ।
उहांले विपिले परिकल्पना गरेको समाजवाद अहिले पनि व्यवहारमा नआएको भन्दै दुर दराजका जनताको अवस्थालाई हेरेर विकासका योजना बनाउनु पर्ने बताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य फकरुद्धिन खांले आफुलाई सार्वहारको सरकार बताए पनि आफु र आफ्ना कार्यकर्ता पोष्ने काम मात्र भएको बताउनु भयो । जनताको हितमा भन्दै आफ्नो कुर्चि बचाउने खेलमा सरकार लागेको उहांको टिप्पणी छ ।
नेपाली कांग्रेसका नेता तथा प्रदेश सभाका उमेदवार विष्णु पोख्रेलले अहिले सरकारले जनस्तरका संकृति र सम्बन्ध भत्काउने काम गरेको टिप्पणी गर्नु भयो । उहांले प्रधानमन्त्री जस्तोव्यक्तिले विना अध्ययन लहडमा बोलेर दुई देशका नागरिकहरुका विचमा दुस्मनीको वातावरण निमार्ण गरेको आरोप लगाउनु भयो ।
प्रकाशित मिति : बिहिबार, साउन ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्