काठमाडौं
पूर्व डिआइजी कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ ।
सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्ष मै पूरा हुने फैसला गरेपछि पीडित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह नहुने बताएको हो ।
कोइराला रिहा भएपछि पीडित गीता ढकालका बुवा हरेराम ढकालले अदालतको यो फैसलाले समाजमा राम्रो सन्देश नदिने बताउनुभयो ।
मान्छे मारेको घटनामा जन्मकैद तोकिएका व्यक्तिलाई सर्वोच्च अदालतले नै ८ वर्षमा सजाय पूरा हुने फैसला गरेपछि समाजमा अपराध बढ्ने उहाँले बताउनुभयो ।
सर्वस्वसहित जन्मकैदको फैसला साढे ८ वर्षमा पूरा हुने भए किन २०, २५ वर्ष राख्नुप¥यो भन्दै उहाँले प्रश्न गर्नुभयो ।
सर्वोच्चले कोइरालालाई तोकिएको सर्वस्वसहितको जन्मकैद फैसला उल्ट्याएर साढे ११ वर्ष कैद मिनाहा गरेको हो ।
प्रकाशित मिति : बिहिबार, साउन ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्