बुटवल ।
करेन्ट लागेर रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका ६ बेथरीकी ४० वर्षकी इन्द्रा पासवानको टेबुल पंखामा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।
यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउंपालिका–५ स्थित नारायणी नदीमा डुकेर एक पुरुष वेपत्ता भएका छन् ।
नारायणी नदीको ३ नम्बर ठोक्करमा दाउरा तान्ने क्रममा चिप्लिएर सुस्ता रामनगरका ५५ वर्षका राधेश्याम कोइरी वेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्