नेपाल जेसिजका कार्यकारीरिणी उपाध्यक्ष खरेल र राष्ट्रिय उपाध्यक्ष प्याकुरेलद्धारा शाखा भेटघाट

नेपाल जेसिजका कार्यकारीरिणी उपाध्यक्ष खरेल र राष्ट्रिय उपाध्यक्ष प्याकुरेलद्धारा शाखा भेटघाट

बुटवल ९ साउन
नेपाल जेसिजका कार्यकारीरिणी उपाध्यक्ष शोभा खरेल र राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेलले शाखा भेटघाट कार्यक्रम अन्तर्गत रुपन्देहीको सैनामैना र कञ्चन जेसिजको शाखा भ्रमण गर्नु भएको छ ।
कञ्चन जसिजो शाखा भ्रमणको क्रममा नेपाल जेसिजका कार्यकारीरिणी उपाध्यक्ष शोभा खरेलले जेसिज अन्य संघसंस्था जस्तो सामाजिक र र्धार्मिक संस्था नभई युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास गराउने १८ बर्ष देखि ४० बर्ष उमेर समूहका युवाहरुको साझा बिश्व बिद्यालय रहेको बताउनु भएको छ ।
जेसिज असल र सबल नेतृत्व दिन सक्ने सक्षम नेतृत्व उत्पादन गर्ने बिश्वभरका युुवाहरुको साझा संगठन भएको कार्यकारीरिणी उपाध्यक्ष खरेलले उल्लेख गर्नु भएको छ ।
उपाध्यक्ष खरेलले युवाहरुको ब्यक्तित्व,नेतृत्व,ब्यबसायिक र अन्तराष्ट्रिय बिकासका लागि जेसिजमा संगठित हुनुपर्ने बताउदै असल ब्यक्तित्व सक्षम नेतृत्वको बिकास बिना कुनैपनि समाज,क्षेत्र र संगठनलाई नेतृत्व दिन नसक्ने जिकीर गर्दै उर्जाशिल र सृजनात्मक उमेरमा सहि ब्यक्तित्व र नेतृत्वको बिकास संगै ब्यक्ति आत्मनिर्भर बनाउन ब्यबसायिक क्षमताको समेत सिपको बिकास गर्न जेसिज जस्तो बिश्व बिद्यालयमा आवद्ध हुन पाउनु गर्वको बिषय रहेको समेत बताउनु भएको थियो ।
यसैगरी जेसिजका राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेलले जेसिज कुनै सामाजिक संस्था नभई नेतृत्व र ब्यक्तित्व बिकासका लागि तालिम प्रदान गर्ने प्रशिक्षण केन्द्र भएको तर समाजमा युवाहरु पनि सक्षम र सवल नेतृत्वको लागि तयार हुदैछन भनि समाजमा पहिचान दिनका लागि समाजलाई जनचेतना प्रदान गर्ने कार्यक्रमहरु पनि संचालन गर्दै आइरहेको बताउनु भएको छ ।
उपाध्यक्ष प्याकुरेलले आफु मातहतको कुनै पनि शाखा जेसिजहरु सफल भए मात्र आफ्नो नेतृत्व सफल हुने बिश्वास गर्दै शाखाहरुमा आवद्ध युवाहरुलाई जेसिजको मूलमन्त्र अनुरुप ब्यक्तित्व,नेतृत्व संगसंगै सफल ब्यबसायी बनाउनमा आफ्नो कार्यकालको समय खर्चिने त्यसको लागि कञ्चन जेसिजलाई आवस्यक पर्ने सम्पुर्ण सहयोगहरु जुटाउन हरपल प्रतिबद्ध रहने बताउनु भएको छ ।
सफल शाखा र सफल नेपाल जेसिज बनाउन यस बर्ष कोभिड १९ ले दिएको चुनौतीलाई अवसरको रुपमा बिकास गर्नको लागि जेसिजमा आवद्ध युवाहरुको एकता र भावनाको बिकास हुनेमा समेत सकिने कञ्चन जेसिजका राष्ट्रिय उपाध्यक्ष प्याकुरेलले बिश्वास ब्यक्त गर्नु भएको थियो ।
यस्तै कञ्चन जेसजिका संस्थापक अध्यक्ष चुडामणी पौडेलले युवाहरुको अन्तरनिहित क्षमताको बिकास संगै समाजमा असल र योग्य नेतृत्वको बिकासका लागि कञ्चन जेसिजको स्थापना गरेको स्मरण गर्दै युवाहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्न कार्य भैरहेको बताउनु भयो ।
यसैगरी कञ्चन जेसिजका मातृ शाखा सैनामैना जेसिजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारीले बिश्वका युवाहरु जसरी युवाहरु भित्र रहेको ब्यक्तित्व,नेतृत्व र ब्यबसायिक क्षमताको लागि जेसिजको भुमिका महत्वपुर्ण भएको बताउनु भयो । कञ्चन जेसिज बर्ष २०२०का अध्यक्ष बाबुराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव चित्र तुलाचनले गर्नु भएको थियो भने आस्थापाठ कानुनी सल्लाहकार राधिका चौधरी र स्वागत कार्यकारीरिणी उपाध्यक्ष राजन शर्माले गर्नु भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, साउन ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij