पूर्वडीआईजी काेइरालाकाे सजाय घटाउने फैसलाकाे पुनरवलाेकन हुने

पूर्वडीआईजी काेइरालाकाे सजाय घटाउने फैसलाकाे पुनरवलाेकन हुने

काठमाण्डौ
श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरवलोकन हुने भएको छ ।
फैसलाविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले पुनरवलोकन गर्ने अनुमति दिएको हो । न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुङ्गाना र कुमार रेग्मीको इजालसलले पुनरवलोकनका लागि अनुमति दिएको सर्वोच्चले जनाएको छ ।

अनुमतिसँगै रञ्जनविरुद्ध दायर भएको कर्तव्य ज्यान मुद्दा शून्यबाट फेरि सुनुवाइको बाटो खुला भएको छ । पूर्वडीआइजी कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाण्डौ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको इजलासले मुलुकी संहिताको अदालती बन्दोबस्तको महल १८८ प्रयोग गरी गएको असार १५ गते कोइरालाको सजाय २० वर्षबाट साढे आठ वर्षमा झारिदिएको थियो ।

पुनरवलोकनका अनुमति पाएसँगै मुद्दा फेरि विचाराधीन बनेको छ । अब यो मुद्दा पाँच जना न्यायाधीशको इजालसमा सुनुवाइ हुनेछ । कोइरालाले २०६८ साल पुस २७ गते श्रीमती गीताको हत्या गरेका थिए ।

प्रकाशित मिति : आइतबार, साउन ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij