नक्कली परिचय पत्र प्रयोग गरी भारतीय नागरिक नेपाल प्रवेश प्रहरी प्रशासन बेखबर रुपन्देही कोरोना सक्रमण को उच्च जोखिम मा

नक्कली परिचय पत्र प्रयोग गरी भारतीय नागरिक नेपाल प्रवेश प्रहरी प्रशासन बेखबर रुपन्देही कोरोना सक्रमण को उच्च जोखिम मा

भैरहवा

कोभिड–१९ तीव्र रुपमा फैलीरहेको भारतबाट नक्कली पास (आइडी कार्ड) बनाउँदै भारतीय नागरिक रुपन्देहीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरिरहेका छन् । सीमामा खटिने प्रहरीलाई नक्कली आइडी कार्ड देखाउँदै भारतीयहरु सहजै नेपाल आइरहेको बेलहियाका स्थानीय बताउँछन् । खासगरी यस्तो प्रवृत्ति जिल्लाका अन्य नाकामा भन्दा बेलहिया नाकामा बढी रहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुक्त रुपमा बेलहिया नाका मा नेपाल प्रवेश गर्ने व्यक्तीहरु को चेकजाच गर्ने गर्दछन । प्रहरीले यसरी नक्कली आइडी कार्ड बनाएर नेपाल प्रवेश गर्ने करिब एक सय जनाको कार्ड जफत गरी ती मानिसलाई भारततर्फ नै फर्काइदिएको छ । नक्कली कार्ड जफत भएपछि यसको दुरुपयोग भएको तथ्य बाहिर आएको हो । भन्सार मा काम गर्ने भन्दै नक्कली कार्ड बनाएर नेपाल प्रवेश गर्ने अधिकांश भारतीयहरु भैरहवा आसपास मा व्यापार, व्यवसाय गर्ने र तस्करहरु समेत अधिक रहेका छन् ।

खासगरी क्लियरिङ एजेन्टको कार्ड बनाएर भारतीयहरु दिनहुँ सीमा क्षेत्रबाट ओहोरदोहोर गर्छन् । कतिपय बुटवल भैरहवाका बजार घुमेर साँझ भारततर्फ नै फर्कन्छन् । कतिपयलाई सीमामा खटिने प्रहरीले निजी सवारीसहित नेपाल प्रवेश दिइरहेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नक्कली आइडीकार्ड प्रयोग गरेर नेपाल भित्रिरहेको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘भन्सारमा काम गर्ने एजेन्टहरु कोको हुन भन्ने भन्सारले नै एकीन गर्नुपर्छ । र, एजेन्टबाहेकलाई भन्सार प्रवेश दिनु हुँदैन । प्रहरीले पनि दिनहुँ ओहोरोदोहोर गर्नेको पहिचान गरी नेपाल प्रवेशमा रोक्नुपर्छ ।’ उनले यस विषयमा आफूले प्रहरी र भन्सारलाई जानकारी गराई कडाई गर्ने जनाए ।

सीमा क्षेत्र सुनौलीमा बसेर त्यहाँको भन्सार र भैरहवा भन्सारमा दलाली गर्नेहरुको संख्या ठूलो छ । प्रहरी, भन्सार कर्मचारीहरुसँग मिलेर त्यस्ता दलालले अवैध सामान नेपाल प्रवेश गराउँछन् । कोरोना भाइरसको जोखिमका कारण सरकारले देशभरका सीमानाका शील गरेको छ । यस्तो अवस्थामा पनि कोरोना तीव्र रुपमा फैलीरहेको भारतीय बजारबाट नक्कली कार्ड बनाइ नेपाल प्रवेश गरिरहेका भारतीयका कारण रुपन्देही उच्च जोखिममा रहेको छ ।

भैरहवा भन्सार कार्यालय का प्रमुख कमलकुमार भट्टराईले २५ जना भन्सार क्लियरिङ एजेन्टका लागी मात्रै भन्सारबाट आइडी कार्ड जारी भएको बताए । ‘एजेन्टले एक जना आफ्नो सहयोगी नियुक्त गर्न सक्छ, ती सहयोगीले आफ्नो कार्ड भिरेर भन्सार प्रवेश पाउँछन् । त्यसबाहेक अरुलाई भन्सार भित्र प्रवेश दिइएको छैन । आयातकर्ता भन्सारमा आउँदा समेत गेटबाट प्रवेश कार्ड लिएर मात्रै भित्र आउँछन्’, भन्सार प्रमुख भटटराइले भने । भट्टराईले नक्कली कार्ड बनाई त्यसको दुरुपयोग गरेको आफूले पनि सुन्नमा आएको बताएका छन ।

‘कार्ड नक्कली हो की सक्कली भनेर पहिचान प्रहरीले गर्ने हो । प्रहरीले प्रवेश नदिए कसरी भारतीय भन्सारसम्म आउन सक्छन् ?’, उनले प्रश्न गरे । अर्को अचम्मको कुरा के छ भने नक्कली आइडीकार्ड प्रयोगकर्ताहरु दिनभर नेपाली बजारमा आउजाउ गर्छन् अर्कोतर्फ तिनै नक्कली कार्ड प्रयोग गरी साँझपरेपछि अन्य भारतीयहरु सीमा नजिकका नेपाली बजार बेलहिया, धकधई, पक्लिहवामा मदिरा सेवन गर्न आउने गरेको स्थानियहरु बताउछन ।

प्रकाशित मिति : सोमबार, साउन १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij