बुटवल,
भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय बिमान स्थलको मुआब्जा बितरणमा सहजीकरण गरीदिने भन्दै सेवाग्राहीसंग घुस लिने दुइ जना पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोगको बुटवल कार्यालयले सेवा ग्राहीसंग घुस लिने बिमानस्थलका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतीयार महेन्द्र प्रसाद यादवलाइ नियन्त्रणमा लिएको हो । उनीहरुले सेवा ग्राहीसंगबाट ४ लाख घुस लिदै गर्दा पक्राउ गरीएको अख्तियारको बुटवल कार्यालयका सुचना अधिकृत सुरेश भुसालले बताए ।
यी दुवै जनाले जग्गाको मुआब्जा बितरणमा सहजीकरण गरीदिने भन्दै सेवाग्राहीबाट ४ लाख घुस लिइसकेको अवस्थामा भैरहवाको सेन्चुरी कर्मसीयल बैंक परिषरबाट नियन्त्रणमा लिइएको भुसालले जानकारी दिए । उनीहरुलाइ दिउसो १ बजेपछि नियन्त्रणमा लिएको र थप अनुशन्धान भइरहेको उनले बताए ।
लोध र यादव घुस रकम लिन सेन्चुरी बैंकको भैरहवा शाखामा पुगेका थिए । मुआब्जा बितरणमा ढिलाइ हुँदा बिमानस्थल कार्यालयमा गुनासो गर्न पुगेका सेवाग्राही तथा जग्गा धनीहरुलाइ कार्यालय सहयोगी लोध र मतियार यादव मार्फत घुस रकम मागिएपछि पिडीत पक्ष अख्तियार पुगेका थिए । गौतम बुद्ध बिमानस्थलले अहिले सम्म साढे २१ अर्ब रुपैँया मुआब्जा वितरण गरेको छ । अझै दुइ अर्बको हाराहारीमा मुआब्जा वितरण गर्नु पर्ने आयोजनाले जनाएको छ । यो आयोजनामा तल्लो तहका कर्मचारी मार्पmत सहजीकरणको नाममा आर्थिक चलखेल हुने गरेका गुनासा यस अघि नै पटक पटक आउने गरेको थियो ।
प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्