दलित संजाल सैनामैनाद्वारा वडास्तरिय अन्तरक्रिया कार्यक्रम सुरू

दलित संजाल सैनामैनाद्वारा वडास्तरिय अन्तरक्रिया कार्यक्रम सुरू

सैनामैना

दलित संजाल सैनामैनाले नगरभित्रका ११ वटै वडामा संजालको आगामि कार्यदिशा सन्दर्भमा वडातहमा छलफल अन्तरक्रिया एबं सुझाव संकलन कार्यक्रम सुरू गरेको छ ।आज, मंगलबार वडा नं. १ र २ मा संयुक्त कार्यक्रम गरि सुरू गरिएको हो । संजाललाई दर्ता गरि दलित समुदायको हक अधिकार एबं नगरको बजेटमा दलितको पहुच बढाउनका लागि, संजालले तयार पारेको बिधान मस्यौदा प्रतिबेदन माथि छलफल एबं सुझाव संकलन अभियान चलाएको हो । आज पहिलो कार्यक्रम अन्तर्गत सैनामैनाको रानिबगियामा भएको वडा नं. १ र २ को संयुक्त कार्यक्रममा विभिन्न सुझाव संकलन गरिएको छ । कार्यक्रममा सो क्षेत्रका दलित अगुवा , समाजसेबि एबं बिभिन्न सामाजिक संस्थामा आवद्द दलित समुदायका व्यक्तिहरूले संजाललाई दिगो बनाउनका लागि सुझाव हरू दिए । उनिहरूले, अब जातिय आधारमा हुने बिभेद बिरूद्द तल्लो तहबाटै संगठित बन्दै समतामूलक समाज निर्माणमा अघि बढ्नुपर्ने बताए । सैनामैनामा दलित समुदाय एक भएर अघि बढ्नुपर्ने धारणा राख्दै संजाल स्थापना भएकोमा खुुसि व्यक्त गरे । कार्यक्रममा, समितिका सल्लाहकार नर बहादुर सुनार, एम बहादुर पटेल, दलित अगुवा सुरेस बिश्वकर्मा, दलित बिकाश समितिका पुर्ब अध्यक्ष खेम बहादुर बिक , बिधान मस्यौदा समितिका सदस्य जयलाल बिक, संजाल सदस्य सीता पटेल , दलित जनप्रतिनिधि हरू लगायतले बोलेका थिए । सो अबशरमा आएका लिखित सल्लाह सुझाव सहितको प्रतिबेदन वडा नं. २ का जनप्रतिनिधि कुल बहादुर बिकले अध्यक्ष बराललाई हस्तान्तरण गर्नुभयो । सो अबशरमा संजाललका अध्यक्ष सुरज बरालले संजाललाइ सैनामैनामा सकृय बनाइ दलित समुदायको हितमा काम गर्न सबैको सुझाव सल्लाह आवश्यक भएको बताउनुभयो । उहाले, संजालको स्थापना संगै सैनामैनाको प्रत्येक वडामा पुगि, सबैको सल्लाह परामर्शबाट सुझाव एबं अन्तरकृया मार्फत बलियो संगठन बनाइने बताउनुभयो । कार्यक्रम संस्थाका सचिब सुरेन्द्र परियारको संचालनमा भएको हो । वडातहको कार्यक्रम अन्तर्गत पर्सि , बिहिबार वडा नं ३ र ४ को संयुक्त अन्तरकृया हुनेछ ।

प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij