बुटवल१३ स्थित घरमै बसेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि

बुटवल१३ स्थित घरमै बसेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि

बुटवल ।

बुटवलमा होम क्वारेन्टिनमा बसेका एकजनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर–१३ स्थित घरमै बसेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले बताए ।

साउन २ गते साउदि अरबबाट आएका उनी घरमै होम क्वारेन्टिन बसेकाका थिए ।

आफुलाई शंका लागेपछि लुम्बिनी प्रदेशिक अस्पतालमा ११ गते उनले आफैले पैसा तिरेर पिसीआर गरेका थिए । उनको सोमबार राति कोरोना पोजेटिभ देखिएको सिंहले बताए ।

उनी विमानमार्फत काठमाडौ आएको र काठमाडौंबाट बुटवल आएर सुरक्षित रुपमै घरमा बसेका थिए ।

उनलाई बुटवलस्थित एन्फा एकेडेमी आइसोलेसनमा राखिएको छ । संक्रमितमा कुनै लक्षण देखिएका छैन । उनको आज मंगलबार कन्ट्याक्ट ट्रेसिङ गरेर थप परीक्षणको काम अघि बढ्ने सिंहले बताए । संक्रमितको परिवार होम क्वारेन्टिनमा छन ।

यसअघि सोमबार बुटवलस्थित एक होटलमा यही साउन ७ गतेदेखि बस्दै आएका एकै परिवारका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो सँगै बुटवलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० पुगेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij