अर्को पार्टी छाडेर आउनेलाई भेदभाव गरिँदैन : देउवा

अर्को पार्टी छाडेर आउनेलाई भेदभाव गरिँदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शक्ति एकजुट भएर लोकतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्याग गरेर आएका सुनिलबहादुर थापालगायतका नेताहरुलाई पार्टी प्रवेशका लागि आज सानेपामा आयोजित कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो ।
सभापति देउवाले प्रजातन्त्रका मूलभूत सिद्धान्तहरु संकटमा परेकाकारण लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिने पर्ने बताउनुभयो ।

उहाले थापाससँग मन्त्रिपरिषद्मा काम गरेको स्मरण गर्दै भन्नुभयो, “मैले सुनिल थापाजीसँग एकै क्याबिनेटमा काम गरेको हो । उहाँ राम्रो काम गर्न सक्ने मानिस हो । म धेरै खुसी छु उहाँ कांग्रेसमा आउँदा कोरोना नभएको भए ठूलै कार्यक्रम गरेर स्वागत गर्न हुन्थ्यो ।”

सभापति देउवाले राप्रपा परित्याग गरेर कांग्रेसमा आएका नेताहरुलाई कुनै भेदभाव नगरिने पनि बताउनुभयो । “सबै प्रवेश गरेका साथीहरूलाई पूरा अधिकार छ । पार्टी बलियो बनाउन तपाईंहरुको भूमिका महत्वपूर्ण हुनेछ ।”

प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij