अझै तीन दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

अझै तीन दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बुधबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जनर चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार समेत देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : बुधबार, साउन १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij