पर्सा
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
वीरगञ्जको गण्डक अस्पतालमा रहेको गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत ६८ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको र पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।
उहाँको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ । पर्सामा अहिलेसम्म एक भारतीयसहित सात जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।
प्रकाशित मिति : बुधबार, साउन १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्