बुटवल ।
नेपाली कांग्रेसले आफ्ना क्रियाशिल कार्यकर्ताको सदस्यता नविकरण तथा नया सदस्यता बितरण सुरु गरेको छ । नेपाली कांग्रेस रुपन्देहीले पनि जिल्लामा क्रियाशिल कार्यकर्ताको सदस्यता नविकरण सुरु गरेको बताएको छ ।
नेपाली कांग्रेस रुपन्देही अन्र्तगत रहेका रुपन्देही जिल्लाका कांग्रेस कार्यकर्ताको सदस्यता नविकरणको साथै साधारण सदस्यलाई क्रियाशिल सदस्यता समेत प्रदान गरिने जिल्ला सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो । उहाले केन्द्रबाट जिल्लालाई सो अनुसारका कागजात समेत प्राप्त भई सकेकोले यसको बितरण सुरु गरिएको बताउनुभयो।
रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति हरि लम्साललाई नविकरण फारम हस्तान्तरण गर्दै जिल्ला सभापति रज्जाकले यसले रुपन्देहीमा पुराना कार्यकर्तालाई पुर्नताजगी प्रदान गर्ने बताउनुभयो । नविकरण फारममा क्षेत्रिय सभापतिहरुको माध्यमबाट प्रदेश कमिटी हुदै नगर÷गाउ र वडा स्तरमा पुग्ने भएकोले सबै कार्यकर्तालार्ई यस अभियानमा सहभागी हुनको लागि उहाले आग्रह गर्नुभयो
कार्यक्रममा जिल्ला सचिव रामकृष्ण खाँण र हरि काफ्ले, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादव, पुरण प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।
१ सय ५५ वटा वडा रहेको रुपन्देहीमा १२ हजार बढी क्रियाशिल सदस्य रहेको नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले जानकारी दिनुभयो।
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्