बुटवल ।
बुटवलको मुख्य राजमार्गमा भएका खाल्डाखुल्डीलाई मर्मत गर्न सुरुगरिएको छ । खाल्डाखुल्डीका कारण दुर्घटनाको सम्भावना बढाएको भन्दै आलोचना भएपछि सडक मर्मतको काम सुरु भएको छ ।
सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि आज रोलरको प्रयोग गरेर अस्पताल लाइनमा मर्मत सुरु गरिसकिएको बुटवल–बेलहिया व्यापारिक आयोजनाले जनाएको छ ।
बुटवल बेलहिया व्यापारिक आयोजनाकी सूचना अधिकारी शुभेच्छा सारुले चौराहदेखि गोलपार्कसम्म सडक निर्माणको ठेक्का पाएको ठेकेदारले नै सडक मर्मत गरेको बताउनुभयो ।
चौराहदेखि गोलपार्कसम्मको ८२ फुट कायम हुने सडक घरधनीहरूले अदालतमा मुद्दा हालेपछि रोकिएको छ । यस्तो अवस्थामा आयोजनाले केही सहयोग गरेपछि निर्माण कम्पनीले सडकको मर्मत सम्भार गरेको सूचना अधिकारी सारुको भनाइ छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्