काठमाडौं ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ ले सीतापाइलामा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी युवतीलाई अध्ययन गराउने जिम्मा लिएको छ ।
नेविसंघका अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा गएको टोलीले एसिड आक्रमणमा परेकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई भेटेर अध्ययनको जिम्मा लिएको हो ।
नेविसंघका अध्यक्ष राजिब ढुंगानाले कार्कीको अध्ययनको सम्पूर्ण जिम्मा नेविसंघले लिने जानकारी दिए । उनले कार्कीको आगामी अध्ययनको सम्पूर्ण खर्च नेविसंघले व्यहोर्ने बताए । कार्की प्लस टू गरेर अध्ययनका लागि काठमाडौं आएकी थिइन् ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कार्कीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए ।
एसिड आक्रमणमा परेकी कार्कीको कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ । गत बिहीबार साँझ सीतापाइलामा उनीमाथि एसिड प्रहार गरिएको थियो । प्रहरीले उनीमाथि एसिड छ्याप्ने दुई जनालाई सोही राति पक्राउ गरेको थियो ।
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्