दाङ।
गणितजस्तो एक र एक दुई हुँदैन जीवन । नत, पानीको फार्मुला एचटुओ जस्तो हुन्छ जीवन । तर, त्यही जीवनको परिभाषा खोज्न जीवनको उत्तराद्र्धमा लेखक विनोद पोख्रेलले ‘मेरो विहानी’ कविता संग्रह पाठकसामु ल्याएका छन् ।
विगतमा फुटकर लेखनलाई आत्मसात गरेका पोख्रेलले जीवनमा भोगेका विभिन्न आयामहरुलाई ‘मेरो विहानी’ कवितासंग्रह नाम दिएर जन्म दिएका हुन् । उनको त्यही कृतिको शुक्रवार विमोचन गरिएको छ ।
समाजिक अगुवा एवं साहित्यकार एकराज शर्मा, वरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्मा, प्राध्यापक गदाधर पौडेल र प्राज्ञ उत्तमकृष्ण मजगैयाँले संयुक्तरुपमा पुस्तकको विमोचन गरेका थिए । पुस्तकको समीक्षा गदै डा। हिमलाल पन्थीले पोख्रेलको कविता संग्रहले साहित्यिक बिहानी शुरु भएको बताए । ‘बिहानीले सुरुवातको शुभ संकेत गरेको छ’, उनले भने( ‘कृतिले समाज रुपान्तरण, मनोविश्लेषण तथा भोगाइहरु आत्मसात् गरेको छ ।’
पोख्रेलले जीवनको भोगाइ खोतल्ने प्रयास गरेको उनले बताए । सिर्जना गर्न सजिलो नभएको र सिर्जना भएकोलाई प्रकाशन गर्ने झनै समस्या भएको उनले बताए । कार्यक्रममा बोल्दै सामाजिक अगुवा एकराज शर्माले अगाडि बढ्न खोज्ने व्यक्तिको खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए । उनले समाजमा यस्तो प्रकारको प्रवृत्ति हरेक क्षेत्रमा रहेको समेत बताए ।
‘खुट्टा तान्ने प्रवृत्ति समाजको लागि राम्रो होइन, यसको अन्त्य हुनुपर्छ’, शर्माले भने( ‘पोख्रेलेका सिर्जनामा त्यो प्रवृत्तिको अन्त्यको चाहना व्यक्त भएका छन् ।’ पोख्रलले सानैदेखि साहित्यमा कलम चलाउँदै आएको उनले स्मरणसमेत गरे । कविता संग्रह विहानीजस्तै मुलुकमा नयाँ विहानीको आवश्यकता भएको समेत उनले बताए । ‘मुलुकमा सुनौलो विहानी खोजी हुन आवश्यक छ’, शर्माले भने( ‘त्यो कृतिले खोजेको छ ।’
साहित्यकार तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले पुस्तकले व्यक्तिको पहिचान बनाउन भूमिका खेल्ने बताए । ‘पोख्रेलका रचना पुराना मूल्य मान्यतालाई थाती राखेर सिर्जना भएका छन् । रचनामा हुनुपर्ने स्वतन्त्रता कविता संग्रहमा छ’, साहित्यकार शर्माले भने( ‘कृतिमा सत्यता र सुन्दरता पनि त्यत्तिकै छ ।’
प्राध्यापक गदाधर पौडेलले पोख्रेलको पुस्तक पहिलो भए पनि लेखन निरन्तरता रहेको बताए । लेखनमा सीमा, मर्यादा कायम राख्न सक्नुपर्ने पौडेलको भनाइ थियो । डा। कृष्णराज डिसीले साहित्य मात्रैले बाँच्न सक्ने अवस्था नरहेको बताए । साहित्यमा समयअनुसार अगाडि बढाउन सक्नुपर्ने उनको भनाइ थियो ।
राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालले पोख्रेलले बूढेसकालमा पनि साहित्यमा सक्रिय रहेको भन्दै प्रशंसा गरे । पोख्रेल ज्ञान बाँड्ने व्यक्तित्व रहेको खनालले सम्झना गरे । वरिष्ठ साहित्यकार गिरिराज शर्माले कविता संग्रहले सरल भाषा, यथार्थ बोल्न सफल भएको बताए ।
सरल भाषामा लेखिएकाले सबैले सहजरुपमा बुझ्न सक्ने उनको भनाइ थियो । उनले लेखकलाई कमी(कमजोरी औल्याइदिएर अगाडि बढ्न सहयोग गर्नुपर्ने बताए । प्रा।डा।जनार्दन आचार्यले लेख रचना प्र्र्रकाशन गर्न धेरै कठिनाइँ हुने बताए । कठिनाइँलाई समाधान गर्दै निरन्तरता दिन उनले आग्रह गरे । प्राज्ञ उत्तमकृष्ण मजगैयाँले पहिलो पुस्तकसँगै यसलाई निरन्तरता दिन लेखकलाई सुझाव दिए । पहिलेदेखि नै साहित्य रचना गर्दै आएको भए पनि पुस्तकको रुपमा पहिलो भएको उनको भनाइ छ ।
लेखक संघ दाङका संस्थापक अध्यक्ष शंकर पौडेलले पोख्रेलले अब कविको रुपमा आफूलाई उभ्याएको बताए । साहित्यकार सरिता देवकोटाले साहित्यिक क्षेत्रसँगै पोख्रेलले हरेक क्षेत्रमा आफूलाई अव्बलरुपमा उभ्याउँदै लगेको बताइन् । साहित्यकार किरण आचार्यले पोख्रेलले आफ्ना सिर्जनालाई एकत्रित बनाउन सफल भएको बताइन् । पुराना लेखहरु हराए पनि नयाँ सिर्जना जोगाउन सफल भएको उनले बताइन् ।
कार्यक्रममा साहित्यकार तथा पूर्वमन्त्री बलदेव शर्मा मजगैयाँ, वरिष्ठ पत्रकार भगीरथ योगी, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाँ, वरिष्ठ साहित्यकार नवराज लम्सालले भर्चुअल शुभकामना दिएका थिए ।
‘मेरो बिहानी’ कविबाट संङ्ग्रहमा सत्यको र आफ्नो भोगाईको अभिव्यक्ति भएको धारणा मजगैंयाले राखेका थिए ।
त्यसैगरी योगीले न्याय, समानतन, सद्भाव र मानवअधिकारको पक्षमा पोख्रेलका कविता बोलेको बताए ।
झाँले समकालिन समाजमा देखिएका विसंगतिलाई अस्वीकार गर्दै विनोद पोख्रेलले सरल भाषामा सिर्जना गर्दै आएको चर्चा गरे ।
त्यसैगरी डा।लम्सालले मेरो बिहानी संङ्ग्रह आफैमा अर्गानिक भएको चर्चा गर्दै कविले आफ्नो भोगाई सरल रूपमा पस्केको बताए ।
कार्यक्रम लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको थियो । लेखक विनोद पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन संघका उपाध्यक्ष गोविन्द पौडेलले दिएका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव हुमबहादुर डिसीले गरेका थिए ।
प्रकाशित मिति : शनिबार, साउन १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्