बुटवल–पाल्पा खण्डमा सडक भासिएपछि ठूला सवारीका साधान आवागमनमा रोक

बुटवल–पाल्पा खण्डमा सडक भासिएपछि ठूला सवारीका साधान आवागमनमा रोक

बुटवल ।
बुटवल–पाल्पा खण्डमा सडक भासिएपछि शनिबार देखि ठूला सवारीका साधान आवागमनमा रोक लगाइएको छ ।
लगातारको वर्षाले पाल्पाको तिनाउ–३ झुम्सा र पानी मिलको बीचमा पर्ने सडक भासिएको हो ।
पिच सडक शनिबार १ मिटर तल खस्किएपछि ठूला सवारीका साधान आवागमनमा रोक लगाइएको हो ।
सडक विहिबारबाट सामान्य चिरा पर्न सुरु गरेको प्रतक्षदर्शिले बताएका छन् ।
करिब २० मिटर लामो सडकको आधा भाग भित्रैदेखि भासिएको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर शिव खत्रीले बताउनुभयो ।
सडक भासिएपछि तत्कालका लागि बीचबाटोमा अलपत्र परेका ठूला सवारी साधनलाई गन्तव्यमा पुर्याउन भासिएको ठाउँमा मिस्कटले पुर्ने काम भइरहेको उहाले जानकारी दिनुभयो
भासिएको ठाउँमा जोखिम रहेकाले चारपांग्रे हलुका सवारी बाहेक ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, साउन १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij