बुटवल
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा ढुंगा खस्दा ३ जना घाइते भएका छन्।
पाल्पाको तिनाउ गाउँपालिका ३ सिद्धबाबा मन्दिर नजिकै छहरामा खसेको ढुंगाले लागेर लु २ च ४१५१ नं.को जीपमा सवार १ जना र अरु २ जना पैदलयात्री घाइते भएका हुन्।
बुटवलबाट तानसेन जाँदै गरेकाे जीपमा सवार पाल्पा बगनासकाली-२ पोखराथोकका ३२ वर्षीय चुरामणि न्यौपाने, पैदल यात्री जिल्ला पाल्पा तिनाउ २ दोभानका ५३ वर्षीय लक्ष्मण श्रेष्ठ र सोही ठाउँकै ४५ वर्षकी लक्ष्मी श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ।
उनीहरुको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
प्रकाशित मिति : शनिबार, साउन १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्