पहिरोको कारण भालुबाङ-रोल्पा सडकखण्ड अवरुद्ध : अरु ६ वटा सडक पनि ठप्प

पहिरोको कारण भालुबाङ-रोल्पा सडकखण्ड अवरुद्ध : अरु ६ वटा सडक पनि ठप्प

काठमाण्डौ
पहिरोको कारण भालुबाङ रोल्पा सडकखण्ड अवरुद्ध भएको छ । प्युठानको सरुमारानी गाउँपालिका ४ मा आज बिहान पहिरो खस्दा यो सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन पहल भइरहेको प्युठान प्रहरीले जनाएको छ । यस्तै पहिरोका कारण ४ दिनदेखि अवरुद्ध सुर्खेत(जुम्ला सडकखण्ड पनि सञ्चालनमा आएको छैन ।

दैलेखको घट्टेखोलामा पहिरो गएपछि यो सडकखण्ड बन्द भएको हो । साँफेबगर(मार्तडी सडकखण्ड पनि लामो समयदेखि बन्द नै छ ।

बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ । पहिरोका कारण अवरुद्ध बेनी जोमसोम कोरोला सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन ।

म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो । यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन ।

ठाउँ ठाउँमा पहिरो गएकाले महाकाली राजमार्ग अन्तर्गत सतबाँझ दार्चुला सडकखण्ड फेरि अवरुद्ध भएको छ । यो सडकखण्ड खुल्ने, बन्द हुने क्रम चलिरहेको छ । ठाउँ(ठाउँमा पहिरो गएकाले रसुवागढी नाका जोड्ने सडक पनि ठप्प छ ।

बन्द भएको सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, साउन १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij