उद्योग बाणिज्य संघद्धारा अध्यक्ष हमालको घरमा डोजर लगाई भत्काईएको घटनाप्रति ध्यानाकर्षण

उद्योग बाणिज्य संघद्धारा अध्यक्ष हमालको घरमा डोजर लगाई भत्काईएको घटनाप्रति ध्यानाकर्षण

बुटवल
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनु भएका बुटवल उपमहानगरपालिका वडा नं ९ निवासी खिमबहादुर हमालको घरमा डोजर लगाई भत्काईएको घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै बुटवल उद्योग बाणिज्य संघले उक्त घटनाको निश्पक्ष छानविन गरि दोसी उपर कारवाहीको माग गरेको छ ।
बुटवल उद्योग बाणिज्य संघले बिहिबार प्रेस विज्ञप्ती जारी गरी अदालतमा बिचाराधिन मुद्धामा अमानवीय शैलिमा घर भत्काउनु अभिभावको रुपमा रहेको स्थानीय सरकारको न्यायालय प्रतिको अपहेलना, जनताप्रति संवेदनहीनता र बिधिको शासन विरुद्धको कदम भएको ठहर गरिएको उल्लेख गरिएको छ ।
संघका कार्यवाहक अध्यक्ष उज्ज्वल कसजुद्वारा जारी विज्ञप्तीमा अमानवीय कार्यको छानविनको माग गर्दै डोजर लगाएर भत्काईएका घरधनीलाई तत्काल उचित मुआब्जा प्रदान गर्न र दोसी उपर हदैसम्मको कारवाही गर्न सम्बन्धित निकायमा माग गरिएको छ ।
हमालको उक्त घरसम्बन्धि विवाद अदालतमा विचाराधिन रहेको र हिँजोकै मितिमा पेशी रहेको अवस्थामा एकाबिहानै घरमा डोजर लगाउनुले न्यायालयको अपमान र व्यक्तिको नैसर्गिक अधिकारमाथि कुठाराघात भएको औंल्याउँदै विज्ञप्तीमा अघिल्लो दिन राती मात्रै सडक निर्माण समितिका संयोजक तथा नेकपा बुटवल नगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले मुद्धा फिर्ता लिन आग्रह सहित समय दिएकामा सो समय अगावै घरमा डोजर लगाउनुले आतंकित पार्ने र घर भत्काई धनमालको समेत क्षती गर्ने नियत देखिएको उल्लेख गरिएको छ ।
त्यस्तैगरी तिलोत्तमा उद्योग बाणिज्य संघले पनि बिहिबारै प्रेस विज्ञप्ती जारी गरी बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हमालको घरमा स्थानीय सरकारले डोजर लगाएर भत्काएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी ९माधव०द्वारा हस्ताक्षरित विज्ञप्तीमा मापदण्ड अनुसार बनाईएको घर अधिग्रहण गर्ने प्रचलित कानुन विपरित बल प्रयोग गरेर भत्काईएको प्रति खेद व्यक्त गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, साउन २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij