बाग्लुङ ।
धौलागिरी अस्पतालको भवन निर्माणका लागि आएका थप १३ जना कामदारमा कोरोना संक्रमण देखिएको छ ।
केही दिन अगाडी एक जना कामदारमा कोरोना पोजेटिभ देखिएपछि गरिएको परीक्षणमा थप १३ कामदारमा कोरोना पोजेटिभ देखिएको धौलागिरि अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
साउन १३ गते महोत्तरीबाट भवन निर्माणका लागि आएका १८ कामदारहरुको कोरोना परिक्षणमा गर्दा २५ वर्षीय एकजना कामदारमा कोरोना देखिएपछि बाँकीको पनि पुनः परिक्षण गरिएको थियो ।
पुनः परीक्षणमा अन्य १३ जनामा संक्रमण पुष्टि भएको गौतमले बताउनुभयो । भवन निर्माणका लागि १८ जनाको टोली आएकोमा अघिल्लो पटक १७ जनाको नेगेटिभ रिपोर्ट आएको थियो ।
पोखरा स्थित क्षयरोग केन्द्रमा गरिएको परिक्षणणमा ३०, २१, ३०, २२, २२, ३, ३१, २०, ३५, ३४, २९, २२ र ४१ वर्षका १३ जना पुरुषको पोजेटिभ रिपोर्ट आएको गौतमले बताउनुभयो ।
अस्पतालको निर्माणाधीन ‘सी’ ब्लक निर्माणका लागि महोत्तरीबाट आएका उनीहरुलाई उक्त भवनमै क्वारेन्टीनमा राखिएको थियो ।
उनीहरुको कोरोना संक्रमण पुष्टी भएपछि आईसोलेसनमा सार्ने तयारी भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, साउन २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्