बाँकेमा निषेधाज्ञाको समयावधि थप, आजदेखि नेपालगन्ज सिल

बाँकेमा निषेधाज्ञाको समयावधि थप, आजदेखि नेपालगन्ज सिल

बाँके ।
बाँकेमा गत आइतवारदेखि लगाइएको निषेधाज्ञाको समयावधि थपिएको गरिएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा द्रुत गतिमा बढ्दै जान थालेपछि शनिवारसम्म जारी गरिएको निषेधाज्ञाको समय आगामी मंगलवार रातीसम्म थपिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमै कोरोना संक्रमित बढ्दै गएको र शुक्रवार मात्र बाँकेमा ४९ जना संक्रमित थपिएको हुँदा आगामी मंगलवार राती १२ बजे सम्मकालागि निषेधाज्ञाको समय थपिएको जानकारी दिनुभयो ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिकाको चारै किल्ला शनिबारदेखी सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको जोखिमयुक्त क्षेत्रका रुपमा नेपालगन्जलाई सिल गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले श्राउन २४ गते राती १२ बजेदेखी श्रावण २७ गते राती १२ बजेसम्मका लागि नेपालगन्जका उपमहानगरका चारै किल्ला सिल गर्ने निर्णय गरेको हो ।

यस अवधिमा नेपालगन्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाईएको छ । साथै हिडडुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरीएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, साउन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij