अभियान्ता ‘ई’ ले तोडे २३ दिन लामो अनशन

अभियान्ता ‘ई’ ले तोडे २३ दिन लामो अनशन

काठमाडौ- कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई ददाब दिनका लागि अनशन बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईः ले २३ दिनमा अनशन तोडेका छन् ।

आइतबार स्वास्थ्य मन्त्रालयसँग ८ बुदे सहमति भएपछि उनले अनशन तोडेका हुन ।

उनी उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य बिग्रिएपछि अनशनको १७ औं दिनमा ईः अस्पताल भर्ना भएका थिए ।

कोभिड–१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक सत्याग्रहमा बसेका थिए । पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए । त्यसबेला सरकारसँग १२ बुदे सहमति भएको थियो ।

प्रकाशित मिति : आइतबार, साउन २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij