लायन्स मणिमुकुन्द र लियो मणिमुकुन्दद्धारा अनाथ आश्रमलाइ खाद्यान्न सहयोग

लायन्स मणिमुकुन्द र लियो मणिमुकुन्दद्धारा अनाथ आश्रमलाइ खाद्यान्न सहयोग

 

बुटवल-लायन्स क्लब अफ बुटवल मणिमुकुन्द र लियो क्लब अफ बुटवल मणिमुकुन्द क्लबले संयुक्त रुपमा अनाथहरुकालागि खाद्यान्न सहयोग गरेका छन । क्वलले सोमबार एक कार्यक्रमका बिच बालबालिकाहरुलाइ खाना तथा सरसफाईको लागि सहयोग पुरयाउने उद्येस्यले रामचन्द्र मैनादेवि अनाथ आश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।

क्लबले चामल , नुन ,तेल , माक्स , सेनिटाईजर ,तथा सरसफाईका सामाग्री आश्रमका सञ्चालक मैनादेवि भण्डारीलाई हस्तानान्तरण गरेको हो । लायन्स क्लब अफ बुटवल मणिमुकुन्दका संस्थापक अध्यक्ष सुनिल प्रसाद ओझाले क्लबले संस्थापनकालदेखि नै निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको बताउँनुभयो । क्लबले वार्षिक कार्ययोजना नै बनाएर सामाजिक क्षेत्रमा काम गर्दै आएको उँहाले बताउँनुभयो ।

लायन्स क्लब अफ बुटवल मणिमुकुन्दका अध्यक्ष जे.बी. गुरुङ्गले बालबालिकलाई आश्रमबाट पाउने सुविधामा थप सहयोग मिलोस भन्दै खाद्यान्न तथा सरसफाईका सामाग्री प्रदान गरिएको बताउँनुभयो । क्लबले अन्य क्षेत्रमा समेत सहयोग गर्दै आएको उँहाले जानकारी दिँदै क्लबले वर्ष भरि गरिने कार्यक्रम तय गरेर काम गर्दै आएको बताउँनुभयो । २०५३ सालबाट सुरु भएको उक्त आश्रममा अहिले ११ जना बालबालिका रहेका छन ।

प्रकाशित मिति : सोमबार, साउन २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij