बुटवल ।
शुक्रबार रुपन्देहीमा थप ११ जना कोरोना संक्रमित फेला परेका छन् । बुटवल उपमहानगरपालिकामा ५ जना र सिद्धार्थननगर नगरपालिका भैरहवामा ६ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुटवल देवीनगरका ४ जनामा र बुटवल १६ का एक जनामा कोरोना भाइरस परीक्षणको पीसीआर रिपोर्ट पोजिटिभ आएको भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो। उनका अनुसार सिद्धार्थनगर वडा नं। ४ का ४ जना र देवकोटा चोकका २ जना संक्रमित थपिएका छन् । ्
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकाका ४१, २५, २७, २६ र ३९ वर्षिय पुरुषमा र सिद्धार्थनगरका ३७, ४२, ४९, ३५, २३ र २८ पुरुषमा संक्रमण पुष्टि भएको छ । बुटवलको नेशनल प्याथ ल्याबमा परीक्षण गराउँदा ती व्यक्तिहरुमा सक्रमण भएको पत्ता लागेको हो ।
प्रकाशित मिति : शुक्रबार, साउन ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्