काठमाण्डौ – अबको तीन दिन पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठकाअनुसार आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।
तुलनात्मक रुपमा प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा ठूलो पानी कम पर्नेछ । स्थानीय वायुको प्रभावले नजिकै कतै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्नेछ । यस्तै राति गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो ।
अबको तीन दिन देशभरि मौसम पूर्णरुपमा नखुल्ने मौसमविद् श्रेष्ठको भनाइ छ । तर कतै एकैछिन घाम लागेपछि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति : शनिबार, साउन ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्