बुटवल -रुपन्देहीमा आज एकैपटक १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहका अनुसार १४ जना सिद्धार्थनगर भैरहवाका हुन् । त्यसमध्ये १२ जना एसबीआइ बैंकका कर्मचारी हुन् भने बाँकी २ जना सिद्धार्थनगर २ बेलहियाका हुन् ।
एसबीआइ बैंकका एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गरी बैंकका कर्मचारीहरुको पीसीआर परीक्षण गराउँदा १२ जनाको पोजेटिभ आएको उहाले बताउनुभयो । बैंकका कर्मचारीमा संक्रमण देखिएपछि बैंकरोड भैरहवामा रहेको एसबीआइ बैंकको शाखा कार्यालय बन्द छ । यस्तै शनिबार बुटवलका ३ जनामा संक्रमण पुष्टि भएको छ । बुटवल देवीनगरका २ जना र एकजनाको वडा नखुलेको शाहले बताउनुभयो।
प्रकाशित मिति : शनिबार, साउन ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्